नमो अनलाईन
विराटनगर । प्राकृतिक विपद कतिखेर आउँछ, कसैलाई थाहा हुँदैन। तर, विपद आउनु अगावै गरिएको पूर्वतयारीले हजारौँको ज्यान जोगाउन सक्छ। यही कुरा लाई मनन गर्दै सांसद दिपक साहको पहलमा जिल्ला प्रहरी कार्यालय र सामाजिक क्षेत्रमा सक्रिय सिप्रदियन सहायता संस्थाबीच मानवीय सेवाको एउटा नमुना समन्वय देखिएको छ।
जिल्लामा हुन सक्ने सम्भावित प्राकृतिक र गैर प्राकृतिक विपदका घटनामा तत्काल उद्धार कार्यलाई तीव्रता दिन सिप्रदियन सहायता संस्थाले जिल्ला प्रहरी कार्यालयलाई अत्याधुनिक विपद व्यवस्थापन सामग्रीहरू हस्तान्तरण गरेको छ।
एक विशेष समारोहका बीच सुनसरी ४ बाट निर्वाचित सांसद दिपक कुमार शाह प्रमुख आतिथ्यतामा उक्त सामग्रीहरू हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले विपदको समयमा नागरिकको सबैभन्दा ठूलो भरोसा नै नेपाल प्रहरी हुने गरेको स्मरण गराउनुभयो।
ूविपदको बेला ज्यान जोखिममा हालेर अग्रपंक्तिमा खटिने प्रहरीलाई प्रविधि र सामग्रीले सम्पन्न बनाउनु हामी सबैको दायित्व हो,ू सांसद शाहले भन्नुभयो, ूसरकारको प्रयाससँगै निजी र गैरसरकारी क्षेत्र सीएसआर बाट सिप्रदियन सहायता संस्थाले गरेको यो सहयोग प्रशंसनीय छ। यसले नागरिकको उद्धार तथा संरक्षणमा ठूलो बल पुर्याउनेछ।
विपदको समयमा तत्काल खोज तथा उद्धारमा खटिन सजिलो होस् भनी संस्थाले प्रहरीलाई विभिन्न आवश्यक उपकरणहरू उपलब्ध गराएको छ,
डोरी, लाइफ ज्याकेट, र भत्किएका संरचना हटाउने उपकरण, घाइतेहरूलाई तत्कालै घटनास्थलमा राहत दिन आवश्यक औषधि तथा ब्यान्डेज, उद्धारमा खटिने प्रहरी टोलीको आफ्नै सुरक्षाका लागि हेलमेट, पन्जा र विशेष बुटहरू हस्तानतरण गरेको छ।
सामग्रीहरू बुझ्दै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख केशव कुमार थेवे ले सांसद सालाई समन्वोई कारी भुमिका खेलेकोमा धन्यवाद दिदै सिप्रदियन सहायता संस्थाप्रति आभार व्यक्त गर्नुभयो। विगतमा पर्याप्त साधनस्रोत नहुँदा कतिपय अवस्थामा उद्धारमा कठिनाइ हुने गरेको अनुभव सुनाउँदै उहाँले अब प्राप्त भएका आधुनिक सामग्रीले प्रहरी टोलीको मनोबल बढाउने र थप कुशलताका साथ कार्यक्षेत्रमा खटिन मद्दत पुग्ने विश्वास दिलाउनुभयो।
सिप्रदियन सहायता संस्थाका प्रतिनिधिले संस्थाले सधैं नाफामूलक कार्यभन्दा माथि उठेर सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य र विपद व्यवस्थापनमा काम गर्दै आएको र आगामी दिनमा पनि यस्ता संकटका सारथी बन्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।