०२ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

देवनगञ्जको बजेट ५३ करोड, कृषि पहिलो प्राथमिक्तामा

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, आषाढ ०९, २०८२

ब्रहमदेव मेहता

देवानगञ्ज। सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड ८८ लाख ६५ हजार ४ सय १० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

जस्मा चालु तर्फ ३५ करोड ८ लाख ६५ हजार रुपैया अर्थात कुल बजेटको ६५ प्रतिशत र पुँजिगत तर्फ १२ करोड ८० लाख ४ सय १० रुपैया अर्थात कुल बजेटको ३५ प्रतिशत पेश गरेको हो।

गाउँपालिकाको आन्तरिक आय तर्फ शुल्क, राजस्व, मालपोत दस्तुर तथा विविध स्रोतबाट १ करोड ६० लाख उठाउने लक्ष्य राखिएको छ।

गाउँसभामा पालिका अध्यक्ष बेचनप्रसाद मेहताले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष कुमारी बिभा यादवले बजेट पेश गरेको थियो।

पालिकाकाले समग्र क्षेत्रको विकासको लागि बजेट विनियोजन गरेकोमा आर्थिक विकास तर्फ कृषि श्रेत्रका लागि १ कराेड ५४ लाख बजेट विनियोजन गर्दै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ।

समाजिक विकास तर्फ शिक्षा, युवा तथा खेलकुद ११ कराेड ८२लाख बजेट विनियोजन गरेको छ । त्यस्तै स्वास्थ्य तर्फ ३ कराेड ९८ लाख बजेट विनियोजन गरेकाे छ ।

भाैतिक पुर्वाधार तर्फ १२ कराेड ८० लाख बजेट विनियोजन गरेको छ।

त्यस्तै प्रत्येक वडा कार्यालयहरूलाई जम्मा ५२ लाखको दरले बजेट उपलब्ध गराएको छ। जस्मा पुर्वाधार विकास तर्फ प्रत्येक वडालाई ४० लाखकाे दरले जम्मा २ कराेड ८० लाख पुँजीगत बजेट विनियोजन गरेको छ । भने कार्यालय संचालन खर्च तर्फ प्रत्येक वडालाई १२ लाखका दरले जम्मा ८४ लाख गरि ३ कराेड ६४ लाख बजेट विनियोजन गरेको छ।