WordPress database error: [Can't create/write to file '/tmp/#sql_45e_4.MAI' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `wit_wflivetraffichuman`

WordPress database error: [Can't create/write to file '/tmp/#sql_45e_22.MAI' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `wit_wflivetraffichuman`

WordPress database error: [Can't create/write to file '/tmp/#sql_45e_19.MAI' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `wit_wflivetraffichuman`

WordPress database error: [Can't create/write to file '/tmp/#sql_45e_4.MAI' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `wit_wflivetraffichuman`

सुनसरीको सहायक सिडियोको गाडी सार्वजनिक विदाको दिन दुर्घटना, चालकले मापसे गरेको आशंका - Namo Online

WordPress database error: [Can't create/write to file '/tmp/#sql_45e_6.MAI' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `wit_postmeta`

WordPress database error: [Can't create/write to file '/tmp/#sql_45e_3.MAI' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `wit_postmeta`

१० जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

सुनसरीको सहायक सिडियोको गाडी सार्वजनिक विदाको दिन दुर्घटना, चालकले मापसे गरेको आशंका

Logo
नमो अनलाईन प्रकाशित सोमबार, जेठ १०, २०८३

इटहरी । सार्वजनिक बिदाको दिन जिल्ला प्रशासन कार्यालय सुनसरीको सरकारी गाडी दुर्घटनामा परेको छ । आइतबार बिहान मोरङको सुन्दरहरैंचा नगरपालिका–५ स्थित ज्योति स्कुल नजिक १-०२-००१ झ ०८६६ नम्बरको महेन्द्रा पिकअप दुर्घटनामा परेको हो । उक्त गाडी सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपाने चढ्ने सरकारी सवारी रहेको बताइएको छ ।

गाडी जिल्ला प्रशासन कार्यालय सुनसरीका चालक रामचन्द्र आचार्यले चलाइरहेका थिए । दुर्घटनाका प्रत्यक्षदर्शी स्थानीयका अनुसार चालकले मादक पदार्थ सेवन गरेको आशंका गरिएको छ । स्थानीयले चालक आचार्य शनिबार राति आफन्तको घरमा सरकारी गाडी लिएर आएको र आइतबार बिहान परिवारका केही सदस्यलाई लिएर जंगलतर्फ घुम्न गएको बताएका छन् । फर्किने क्रममा गाडी अत्यधिक तीव्र गतिमा चलाउँदा दुर्घटना भएको उनीहरूको दाबी छ ।

दुर्घटनापछि गाडी धानबारीमा पल्टिएको अवस्थामा फेला परेको थियो । घटनास्थलमा पुगेका गछिया प्रहरी चौकीका सई बिजय श्रेष्ठ ले गाडी खेतबाट निकालिएको र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

“जिल्ला प्रशासन कार्यालय सुनसरीको गाडी रहेछ । चालकले मापसे गरेको हो वा होइन भन्ने विषय स्वास्थ्य परीक्षणपछि मात्रै पुष्टि हुन्छ,” सई श्रेष्ठले बताएका छन् । उनका अनुसार हाल गाडी र चालक दुवै प्रहरी नियन्त्रणमा छन् ।

यता सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले उक्त गाडी आफू चढ्ने सरकारी सवारी भएको स्वीकार गर्दै शनिबार साँझ चालकले गाडी लगेको बताएका छन् । “शनिबार साँझ चालकले गाडी लगेर प्रहरी कार्यालयमा राखेका रहेछन् । बिहान फर्किने क्रममा दुर्घटना भएछ,” उनले भने । चालकले मादक पदार्थ सेवन गरेको विषय स्वास्थ्य परीक्षणपछि मात्रै पुष्टि हुने उनको भनाइ छ ।

दुर्घटनास्थलका स्थानीयले सार्वजनिक बिदाको दिन सरकारी सवारीको दुरुपयोग भएको आरोप लगाएका छन् । बिदाको दिन सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न दिने र चलाउनेमाथि कारबाही हुनुपर्ने उनीहरूको माग छ ।

WordPress database error: [Can't create/write to file '/tmp/#sql_45e_25.MAI' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `wit_postmeta`

error: Content is protected !!