०७ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
×

सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु

Logo
बिराटनगर न्यूज डेस्क प्रकाशित शुक्रबार, जेठ ०७, २०८३

पाँचथरमा शुक्रबार बिहाहन जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

याङवरक ६ अर्चले भन्ने स्थानमा प्रदेश ०१–००२ च १५६९ नम्बरको सिङ्गल क्याप पिकअप दुर्घटनामा परेको हो।

दुर्घटनामा झापाको बाह्रदशी गाउँपालिका वडा ५ निवासी ३५ वर्षीय गोपाल भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। भट्टराई जिप चालक हुन्।

पाँचथरका प्रहरी नायव उपरिक्षक अनिषकुमार कर्णका अनुसार जिपमा चालक सहित २ जना सवार थिए।

ओरालो बाटोमा यात्रु पिसाव फेर्न ओर्लिएनासाथ जिप अचानक गुडेर भिरबाट खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल लगिएको छ।

error: Content is protected !!