१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

बर्जुको बजेट ५९ करोड, के के छन् प्राथमिकतामा?

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, आषाढ १०, २०८२

तस्विर : नमो अनलाइन

देवानगञ्ज । बर्जु गाउँपालिकाले आफ्नो १६औं गाउँसभा आयोजना गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५९ करोड १३ लाख ६० हजार ७ सय ४७ रुपैयाँको आय–व्ययको अनुमान प्रस्तुत गरेको छ।

गाउँपालिकाका अध्यक्ष तथा गाउँ सभाको अध्यक्षले सभा समक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय तहको दोस्रो कार्यकालमा प्राप्त जिम्मेवारीलाई ईमानदारीपूर्वक निर्वाह गर्दै समृद्ध र विकासमुखी गाउँपालिकाको परिकल्पनामा अघि बढ्ने प्रतिबद्धता जनाएका हुन्। उनले नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गाउँपालिकाको नीति तथा कार्यक्रम निर्माण गरिएको जानकारी दिनुभयो ।

उपाध्यक्ष नितु चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार बर्जु गाउँपालिकाको प्रमुख नारा “कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन र पूर्वाधार : सुन्दर, समृद्ध बर्जुको आधार” लाई मूर्तरूप दिन बहुआयामिक योजना अघि सारिएको छ। नीति तथा कार्यक्रम गाउँपालिकाको आवधिक योजना, स्थानीय आवश्यकता र संविधानको मर्म अनुरूप तयार गरिएको हो।

सभामा जनाइएको अनुसार, गत आर्थिक वर्षमा प्राप्त आम्दानी लक्षअनुसार नपुगेको र समानीकरण अनुदानमा पनि कटौती भएकोले केही योजनाहरूको भुक्तानीमा समस्या उत्पन्न भएको जानकारी दिइयो। आउँदो विशेष सभामा अघिल्लो वर्षको सटिक आम्दानी–खर्च विवरण प्रस्तुत गरिनेछ।

गाउँसभामा सामाजिक विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, महिला, दलित, अल्पसंख्यक तथा विपद व्यवस्थापन लगायतका विविध क्षेत्रका लागि छुट्टाछुट्टै समिति र बजेटको व्यवस्था गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र देवानगञ्ज बाट गाँजा सहित दुई जना पक्राउ परेको छ। देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्ज ( यादव टोल) बाट गए राति ११:०० बजेको समयमा ६ किलोग्राम लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेको हो। गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोही […]

देवानगञ्ज । बर्जु गाउँपालिकाले आफ्नो १६औं गाउँसभा आयोजना गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५९ करोड १३ लाख ६० हजार ७ सय ४७ रुपैयाँको आय–व्ययको अनुमान प्रस्तुत गरेको छ। गाउँपालिकाका अध्यक्ष तथा गाउँ सभाको अध्यक्षले सभा समक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय तहको दोस्रो कार्यकालमा प्राप्त जिम्मेवारीलाई ईमानदारीपूर्वक निर्वाह गर्दै समृद्ध र विकासमुखी […]

देवानगञ्ज। सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड ८८ लाख ६५ हजार ४ सय १० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। जस्मा चालु तर्फ ३५ करोड ८ लाख ६५ हजार रुपैया अर्थात कुल बजेटको ६५ प्रतिशत र पुँजिगत तर्फ १२ करोड ८० लाख ४ सय १० रुपैया अर्थात कुल बजेटको […]