२६ आश्विन २०८२, सोमबार
13-10-2025 , Mon
×

किसानको छति देख्दा मन पिरोलेको छ : अध्यक्ष मेहता

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, आश्विन २१, २०८२

तस्विर : नमो अनलाइन

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. – २ यादव टोलस्थित श्री श्री १०८ श्री ब्रहमथानको नव–निर्मित भवनको उद्घाटन गर्ने क्रममा बाडिएको कारण भएको किसानको छति देख्दा मन पिरोलेको बताए।

वर्षौँ देखि टिनको छानामा जिर्ण अवस्थामा रहेको उक्त थान स्थानीय बासिन्दाको सक्रियता र देवानगञ्ज गाउँपालिकाको कार्यालय तथा २ नं. वडा को आर्थिक सहयोगमा आ.व. २०८१/८२ मै निर्माण सम्पन्न गरिएको थियो। प्रत्येक वर्षको जस्तै यस पटक पनि पुजापाठ तथा नवाह अष्टजामको अवसर पारेर मन्दिर समितिले भव्य रूपमा आयोजना गरेको उद्घाटन कार्यक्रममा बोल्दै मन पिरोलेको बताएका थिए।

कार्यक्रमका प्रमुख अतिथि देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले उद्घाटन मन्तव्यका क्रममा भने

यस्तो विपतको वेलामा भवन उद्घाटन गर्न पाउँदा मनदेखि खुसी छैन। लगातारको वर्षा र हावाहुरीका कारण पालिकाभरिका धेरै ठाउँ डुबानमा छन्। कतिपय क्षेत्रमा बाढीको पानी घटे पनि अवस्था अझै कठिन छ। हामी निरन्तर उद्धार तथा राहत कार्यमा जुटिरहेका छौँ। किसानको ठूलो क्षति भएको छ, त्यसैले मन निकै पिरोलिएको छ। अध्यक्ष मेहताले पूर्व निर्धारित कार्यक्रम भएकाले मात्र उद्घाटन कार्यक्रममा सहभागी भएको उल्लेख गर्दै अगाडि थपे यो ब्रहमथान पालिका भरिमा सायद एक मात्र हो। यसको संरक्षण, सम्बर्द्धन र पुनर्निर्माणको जिम्मा स्थानीय र स्थानीय सरकारको हो। यही सोचका साथ पालिका र वडा कार्यालयले बजेट छुट्याएर भवन निर्माण गरिएको हो। उनका अनुसार मठमन्दिर र थानले स्थानीय इतिहास, धर्म, संस्कृति र परम्परालाई भावी पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको संरक्षण आवश्यक छ।

त्यस्तै वडा अध्यक्ष जगनारायण मेहताले विकास निर्माणका काम सँगै धर्म–संस्कृतिको जगेर्ना पनि स्थानीय सरकारको जिम्मेवारी रहेको बताउँदै आगामी दिनमा यस्ता क्षेत्रको उत्थानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

उद्घाटन समारोहमा करिब ३०० भन्दा बढी भक्तजनको सहभागीमा कलश यात्रा समेत निकालेको थियो। कार्यक्रममा कलश यात्रा निकालिएको थियो भने आजैदेखि नौ दिनसम्म चल्ने नवाह अष्टजाम आरम्भ भएको समितिका उपाध्यक्ष अमित यादवले जानकारी दिए।

थानको भवन निर्माणमा स्थानीय सरकारको सहयोगप्रति स्थानीय बासिन्दा उत्साहित देखिएका थिए। स्थानीय ललिता देवी यादवले भनिन यो थान निकै पुरानो थियो। पहिले टिनको छानोमा पूजा गरिन्थ्यो। स्थानीयको प्रयासले भवन बन्न थाले पनि सम्पन्न हुन सकेको थिएन। पछि पालिका अध्यक्ष र वडा अध्यक्षको पहलमा बजेट व्यवस्थापन भएपछि थानको भवन बनेकोमा हामी निकै खुसी छौँ। यो हाम्रो ग्रामदेवताको घर हो, त्यसैले सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौँ।”