
देवानगञ्ज । सुनसरीको दक्षिण वर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा १३ वर्षीय बालक मनिशकुमार मेहतालाई जबरजस्ती अपहरण शैलिमा लागि पानीमा फ्याँकिएको घट्ना सार्वजनिक भएको छ। घटनापछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।
घट्ना असोज २८ गते रातिको हो। नाबालक मनिश मेहतालाई स्थानीय तीन जना नाबालकहरु सुनिल मण्डल, विकास पण्डित र दिपेश मेहताले बाइकमा जबरजस्ती बोकेर मोटीटपु जाने बाटो छेउमा रहेको पानि जम्ने खोल्सा (खाल्डो) मा फ्याँकेका थिए। पीडित नाबालक तेजनारायण मेहताका छोरा हुन्।
बालकको परिवारले तत्कालै इलाका प्रहरी कार्यालय देवानगञ्जमा उजुरी दिएको थियो त्यस पछि प्रहरीले आरोपितहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय देवानगञ्जमा राखिएको समाचार स्रोतले जनाएको छ।
घटनामा प्रयोग भएको ०३–०३५–९६९० नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।
पक्राउ परेका तीनै जना देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्ज कै स्थायी बासिन्दा हुन्।
प्रहरीले घट्नाको बारेमा छानविन गरी कानुनी प्रक्रिया अघि बढाउने प्रहरी स्रोतको भनाई छ।
यस घट्नाले देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्ज र वरिपरिका क्षेत्रमा बालसुरक्षा, कानून कार्यान्वयन र शान्ति सुरक्षाको अवस्था माथि प्रश्न उठाएको छ।
स्थानीयवासीहरूले अपराधमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न माग गरेका छन्। राजनीतिक दवावमा पिडक उम्किन नपाओस् भन्ने पिडितका परिवारले आग्रह गरेको छ। पीडित परिवारले न्याय सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ ।
घट्ना बारे खोजविज गर्दा समान्य कुरामा विवाद भए पछि। तिनैजना मखिलेर जवरजस्ती मोटरसाइकला राखेर लगिएको थियो। गाउँभन्दा पर रहेको खाल्डोमा जमेको पानिमा उक्त बालकलाई फालिएको थियो। यस्ता घट्नाहरुलाई समान्य मान्दै छोड्दै गयो भने भोलिका दिनमा अझ बढ्दै जाने देखिन्छ।
यता प्रहरीले थप प्रमाण संकलनसहित अनुसन्धान जारी राखेको जनाएको छ।