१४ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

स्वास्थ्यमन्त्री मेहताको निर्देशन पछि दुरुपयोग भएका सरकारी गाडी मन्त्रालय फिर्ता

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, बैशाख १४, २०८३

तस्विर : नमो अनलाइन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका निकायहरूमा दुरुपयोग भइरहेका सरकारी सवारी साधनहरू फिर्ता बोलाउन थालेको छ।

स्वास्थ्यमन्त्री निशा मेहताको निर्देशनपछि यस्तो अभियान सुरु गरिएको हो। मन्त्री मेहताले सवारी साधनको दुरुपयोग रोक्न तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन सबै दुरुपयोग भएका गाडी तत्काल मन्त्रालयमा ल्याउन निर्देशन दिनुभएको थियो।

मन्त्रालयका अनुसार सवारी सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गरिरहेको सूचना प्राप्त भएपछि उक्त कदम चालिएको हो।

फिर्ता ल्याइएका सवारी साधनहरू हाल मन्त्रालय परिसरमै राखिएका छन्। अब ती गाडीहरू आवश्यकता र कानुनी प्रावधानका आधारमा मात्र प्रयोग गरिने मन्त्रालयले जनाएको छ।

प्रचलित कानुनअनुसार सह–सचिव वा सोभन्दा माथिल्लो तहका पदाधिकारीहरूलाई मात्र सरकारी सवारी साधन प्रयोग गर्ने सुविधा रहेको छ।

मन्त्रालयले आगामी दिनमा सवारी साधनको प्रयोगमा कडाइ गर्दै दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाएको छ।

error: Content is protected !!