काठमाडौँ । झापामा मतगणना स्थलमा मतपत्र नै गायब भएपछि तत्कालका लागि गणना रोकिएको छ । झापा–२ मा मत गणना गर्दा १० वटा मतपत्र गायब भएको पाइएपछि तत्कालका लागि गणना रोकिएको हो ।
झापा–२ को मत गणनास्थलबाट प्राप्त विवरण अनुसार २ हजार ४ सय २५ मत खसेकोमा गणना स्थलमा जम्मा २ हजार ४ सय १५ वटा मात्र मतपत्र भेटिएको हो ।
झरेको मतपत्र भन्दा गणना गर्दा मतपत्र कम भएपछि झापा–२ मा मत गणना तत्कालका लागि स्थगित गरिएको हो । सर्वदलीय बैठक बसेर थप छलफल भइरहेको बताइएको छ ।