२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

दुई दिन बिदा दिने सङ्घको निर्णय खारेज गर्न माग

Logo
ब्रहमदेव मेहता प्रकाशित शुक्रबार, चैत्र २६, २०८२

बिराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका प्रदेश सांसद रेवतिरमण भण्डारीले सङ्घीय मन्त्रिपरिषद्ले गरेको सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई प्रदेशले हुबहु कार्यान्वयन गर्नुपर्ने जरुरी नभएको बताएका छन् ।

यस्तै बिहान ९ बजेदेखि कार्यालय खोल्ने निर्णय पनि अव्यवहारिक रहेको भन्दै उनले आलोचना गरेका छन् । कोशी प्रदेश सभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भण्डारीले दुई दिन बिदा दिने निर्णय यसअघि पनि असफल भइसकेको दाबी गरे । उनले संवैधानिक र कानुनी व्यवस्था अनुसार सङ्घीय सरकारले निर्णय गर्ने बित्तिकै प्रदेशका कार्यालयहरूमा त्यो स्वतः लागू नहुने बताए । ‘सङ्घ र प्रदेशको निजामती ऐन छुट्टाछुट्टै छन् ।

प्रदेश सरकारको कार्यसञ्चालन नियमावली पनि सङ्घीय सरकारको भन्दा फरक छ । उनले बिहान ९ बजेदेखि कार्यालय खोल्ने निर्णयले कर्मचारी र सेवाग्राही दुवैलाई सास्ती हुने बताए । इन्धन सङ्कट टार्नका लागि बिदा दिने निर्णय गर्नुभन्दा सरकारी सवारी साधनको प्रयोगमा कडाइ गर्ने र सचिवदेखि सहसचिवसम्मले एउटै गाडी प्रयोग गर्ने विकल्प अपनाउनुपर्ने उनको सुझाव थियो।

सांसद भण्डारीले प्रदेश सरकारलाई आफ्नो अधिकार प्रयोग गर्दै ९ बजेको समयलाई खारेज गरी साबिककै १० बजेको कार्यालय समय कायम राख्न र सेवाग्राहीको चाप भए बेलुकाको समय केही थप्न उचित हुने सुझाव समेत दिएका छन् ।

error: Content is protected !!