२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

विराटनगर स्थित महेन्द्र चौकमा महेन्द्रको सालिक राख्ने घोषणा

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, चैत्र २६, २०८२

विराटनगर । विराटनगरको महेन्द्र चोकमा जेठ ३० गते राजा महेन्द्रको सालिक स्थापना गर्ने घोषणा गरिएको छ ।

त्यहाँ रहेको पूर्वराजा महेन्द्र शाहको सालिक जनआन्दोलनका क्रममा भत्काएर फ्याँकिएको थियो । चोकको नाम जनआन्दोलन चोक राखिएको थियो ।‌

सनातन युवा मंच नामक संस्थाले बिहीबार सालिक स्थापना गर्ने विषयमा पत्रकार सम्मेलन आयोजना गरी महेन्द्र जन्मोत्सवका दिन सालिक राखिने मंचका अध्यक्ष नवराज ढकालले जानकारी दिए ‌।

नेपालबाट राजसंस्था अन्त्य भएको लामो समयपछि विराटनगरमा पुनः सालिक राख्ने विषयमा विराटनगरमा पहल थालिएको हो । अध्यक्ष ढकालले सालिक १० लाख रुपैयाँ लगानीमा निर्माण गरिने बताए । उनले भने,”सर्वसाधारणलाई एक रुपैयाँ सहयोग गर्न अपिल गरेका छौं ।”

विभिन्न आन्दोलनका क्रममा देशभर विभिन्न सालिकहरु भत्काइएको थियो । जेनजी आन्दोलनका क्रममा देशका विभिन्न भागबाट राजनीतिक र अन्य क्षेत्रका व्यक्तित्वको सालिक भत्काइएको थियो ।

मधेश आन्दोलनका क्रममा पनि यस्ता कृयाकलाप भएका थिए ।

विराटनगरमा महेन्द्रको सालिक भत्काएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले भित्तामा महेन्द्रको फोटो टाँसेर उनको स्मृति दिवस मनाउने गरेका थिए । अहिले त्यहाँ राष्ट्रिय झन्डा राखिएको छ ।

error: Content is protected !!