
सुनसरीको सदरमुकाम इनरुवाबाट प्रकाशन हुदै आएको सात्य संसार साप्ताहिक पत्रिकाले भजन मण्डलीलाई बाजा सामग्री हस्तान्तरण गरेको छ । पत्रिकाले आफ्नो वार्षिक सामाजिक उतरदायित्व अन्तरगत गढी गाउँपालिका ५ सतैरझाेराकाे दिगगमबर यादवकाे भजन मण्डलीलाई बाजा सामग्री हस्तान्तरण गरेको हो । पत्रिकाका सल्लाहकार सम्पादक जयकृष्ण यादवले हारमुनियम , ठाेलक, मजिरा सहितको बाजा सामग्री हस्तान्तरण गर्नुभएको छ । यादवले पत्रिकामा सचेतना, शिक्षा , सुचना र मनाेरञ्जनकाे सामग्री प्रकाशन गर्दै आएकोमा लाेपाेन्मुख अवस्थामा पुगेको माैलिक बाजागाजा हस्तान्तरण गरेको बताउनुभयो । माैलिक बाजागाजा हस्तान्तरण कार्यक्रममा पत्रिकाका वरिष्ठ समाचारदाता अनिल श्रेष्ठ, सक्षम यादव, शिक्षक नरेश यादव, एजाज अन्सारी , अरविन मेहता सहितको उपस्थिति रहेको थियो ।
यसअघि पत्रिकाले इनरुवा ९ बबियाकाे बलराम यादवकाे भजन मण्डलीलाई बाजा सामग्री हस्तान्तरण गरेको थियो ।
चार वर्ष अघि विभिन्न विद्यामा उत्कृट काम गर्ने पाँच जना जनप्रतिनिधिहरुलाई सम्मान गरेको थियो । पत्रिकाले आफ्नो चौथो वार्षिक उत्सव कार्यक्रममा विभिन्न विद्यामा उत्कृट काम र योगदान गर्ने तत्कालीन जनप्रतिनिधिहरु इनरुवा नगरपालिका प्रमुख राजन मेहता, हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारी, कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारी , रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी र गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवलाई सम्मान गरेको थियो । प्रकाशक ममता कुमारी यादवका अनुसार इनरुवा नगरपालिका प्रमुख राजन मेहतालाई खेलकुद विकास सम्मान, हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीलाई विकास निर्माण सम्मान, कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीलाई शिक्षा सम्मान, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीलाई सुशासन सम्मान र गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवलाई स्वास्थ्य सम्मानबाट सम्मानित गरिएको थियो ।
त्यसैगरी सुशासन प्रशासक सम्मानबाट तत्कालीन सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल र ईन्द्रदव यादवलाई सम्मान गरेकाे थियो ।