०२ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

भोक्राहामा सडक दुर्घटनामा परी ३ जनाको मृत्यु, १५ जना भन्दा बढी घाईते

Logo
नमो अनलाईन प्रकाशित सोमबार, साउन २६, २०८२

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा सोमबार बिहान बस र माइक्रो ठोक्किदा ३ जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिमलोकमार्ग अन्तर्गत जमुवा टोलमा काकडभिट्टाबाट दिक्तेल तर्फ जादै गरेको मे १ ख १७९९ नम्वरको बस र प्र २९०१९००१ ज ००४७ नम्वरको माइक्रो विङ्गर एक आपसमा ठोक्दिा ३ जनाको मृत्यु भएको सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।

दुर्घटनामा मृत्यु भएकाको नाम खुल्न नसकेको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा १५ जना भन्दा बढी घाईते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ भने घाईते भएकाको बिराटनगरमा उपचारका लागि पठाइएको उहाँले जानकारी दिनुभयो ।

घटनाको बिषयमा थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।