१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

देवानगञ्जमा सडक दुर्घटनामा परी एक बालकको मृत्यु

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, कार्तिक ११, २०८२

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नं. २ मा सडक दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ।

सोही ठाउँ बस्ने जलाल साफीका ४ वर्षीय छोरा अरमान साफीको मोटरसाइकलको ठक्करले मृत्यु भएको हो।

हरिनगरबाट देवानगञ्ज तिर जाँदै गरेको “को ३५ प ३०७७” नम्बरको मोटरसाइकलको ठक्करले बाटो क्रस गरिरहेको बालक गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने मोटरसाइकल चालक हरिनगर गाउँपालिका वडा नं. ३ गौतमपुर बस्ने दिनेश मेहता हुन्।

गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।

घट्ना देवानगञ्ज गाउँपालिका वडा नं. २ देवानगञ्ज बजार भन्दा पुर्व रहेको सहायक बाटोमा भएको हो। इनरुवा-कौवाखोज सडक लामो समयदेखि नबनेको कारण आउजाउ गर्न बैकल्पिक बाटोको रुपमा उक्त सडक प्रयोग गरिन्छ। उक्त सडक कालोपत्रे भए पनि दुवै तिरबाट स्थानीयहरुले गरेको अवरोधका कारण साँघुरो छ। हामीले स्थानीय सरकार समक्ष बारम्बार अवरोध हटाउन दवाव दिदा पनि चाँसो न देखाएका कारण पटक पटक दुर्घटना हुने गरेको छ। आज एउटा अवोध वालकले ज्यान नै गुमाउनु परेको छ।