१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन सुनसरी प्रशासन एक्टिभ, मतदान स्थलको अनुगमन

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, फाल्गुण १२, २०८२

ब्रहमदेव मेहता

बिराटनगर। फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कोशी प्रदेश तथा सुनसरी जिल्ला अन्तर्गतका सुरक्षा निकायहरूले संयुक्त रूपमा मतदान स्थलहरूको अनुगमन सुरु गरेका छन्।

निर्वाचन नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूले जिल्लाका विभिन्न मतदान केन्द्र पुगेर सुरक्षा अवस्थाको स्थलगत निरीक्षण गरेका हुन्।

अनुगमनका क्रममा मतदान केन्द्रको भौतिक संरचना, संवेदनशील क्षेत्रको पहिचान, भीड व्यवस्थापन योजना तथा आपतकालीन अवस्थाका लागि तयारीको अवस्थाबारे जानकारी लिइएको छ।

सुरक्षा निकायका प्रमुखहरूले निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइने र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। मतदान केन्द्र वरपर नियमित गस्ती, चेकजाँच तथा निगरानीलाई थप कडाइ गरिने जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्दै सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको बताउँदै सम्बन्धित अधिकारीहरूले नागरिकलाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।

“मतदाताले बिना डर–त्रास आफ्नो मताधिकार प्रयोग गर्न पाउने वातावरण सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हो,” सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने।

यसैबीच, संवेदनशील र अतिसंवेदनशील केन्द्रहरूमा अतिरिक्त सुरक्षा व्यवस्था मिलाइएको छ, भने मतदानको दिन आकस्मिक घटनाको सामना गर्न ‘क्विक रेस्पोन्स टिम’ समेत तयारी अवस्थामा राखिएको जानकारी दिइएको छ।

सुरक्षा निकायहरूको संयुक्त अनुगमन र तयारीसँगै फागुन २१ को निर्वाचन सुनसरी जिल्लामा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

error: Content is protected !!