१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

प्रतिनिधिसभा सदस्य चुनाव आउन अब ७ दिन मत्रै बाँकी

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, फाल्गुण १३, २०८२

काठमाडौं । जेनजी आन्दोलनपछि यहि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनाव आउन अब ७ दिन मत्रै बाँकी रहेको छ ।

निर्वाचन आयोगले साेही निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका ३ सय ५९ वटा मतदानस्थल अति संवेदनशील रहेको जनाएकाे हाे । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रदेशका १० जिल्लामा ३ सय ५९ वटा मतदानस्थल अति संमवेदनशील, ४ सय २२ वटा संवेदनशील र १ सय ६० वटा सामान्य रहेको जनाएकाे छ। प्रदेशमा रहेका ९ सय ४१ वटा स्थायी र १८ वटा अस्थायी गरेर ९ सय ५९ वटा मतदानस्थल रहेका छन् । यहाँ एक हजार ४ सय ५५ वटा मतदान केन्द्रमध्ये सुरक्षाका हिसाबले ४४६ वटा मतदान केन्द्र अति संवेदशील रहेका हुन् । संवेदशीलमा ६ सय ९७ र सामान्य अवस्थाका २ सय ८४ वटा मतदान केन्द्र रहेका छन् ।

एउटा मात्र केन्द्र भएको स्थलको सङ्ख्या कर्णालीमा ५ सय २५, दुई केन्द्र भए ३ सय ५३, तीन केन्द्र भएको स्थल ४९, चार केन्द्र भएको स्थलको सङ्ख्या १२, पाँच केन्द्र भएको स्थलको सङ्ख्या एक, ६ केन्द्र भएको स्थल एक रहेको छ । एक केन्द्र भएको अस्थायी स्थलको सङ्ख्या १८, थप मतदान केन्द्रको सङ्ख्या ४ सय ९६ रहेका हुन् ।

कर्णालीमा १२ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेत र दैलेखमा दुई/दुई वटा र अन्य आठ जिल्लामा एकरएक वटा निर्वाचन क्षेत्र छन् । प्रदेशमा कुल मतदाना सङ्ख्या १० लाख ३ सय ७१८ वडा रहेको कर्णालीमा ५४ वटा गाउँपालिका र २५ वटा नगरपालिका रहेकाे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएकाे हाे ।

error: Content is protected !!