१२ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

इटहरीमा ठूलो परिमाणमा लागूऔषधसहित बिहारका सहनेवाज पक्राउ

Logo
ब्रहमदेव मेहता प्रकाशित आइतबार, बैशाख १२, २०८३

तस्विर : AI

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मिति २०८३ वैशाख १२ गते राति प्राप्त विशेष सूचनाको आधारमा इटहरी उप–महानगरपालिका वडा नं. ११ स्थित शारदा बिक्को घरमा डेरा गरी बस्ने भारत, बिहार राज्य नरपतगंज स्थायी ठेगाना भएका २९ वर्षीय मोहमद सहनेवाजको कोठामा खानतलासी गरिएको थियो।

खानतलासीका क्रममा प्रहरीले लागूऔषध ट्रामाडोल ५०,५४० क्याप्सुल र डाइसाइक्लोमिन ९,५२० ट्याब्लेट गरी जम्मा ६०,०६० पिस ट्याब्लेटरक्याप्सुल फेला पारेको जनाएको छ।

त्यसैगरी, सहनेवाजले प्रयोग गर्ने प्र१ ०२ ०५० प ७१२२ नम्बरको स्कुटर र सामसुङ कम्पनीको एक थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले लागूऔषध, स्कुटर र मोबाइलसहित सहनेवाजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरि कार्यालय सुनसरी, ईनरुवा पठार्ईएको जानकारी दिएका छन् ।

error: Content is protected !!