१६ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

Logo
रासस प्रकाशित बिहिबार, बैशाख १६, २०८३

तस्विर : फाईल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्धको मुद्दा सुनुवाइ स्थगित भएको छ ।

रवि लामिछानेका कानुन व्यवसायीले निवेदन दिएर आजको सुनुवाइ स्थगित गराएका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरु अव्दुल अजीज मुसलमान श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।

error: Content is protected !!