तस्विर : फाईल
विराटनगर । विराटनगर महानगरपालिकाले निजी लगानीमा संचालित (सार्वजनिक तथा निजी गुठीसमेत) का विद्यालयहरुले विद्यार्थीका अभिभावकसँग लिन पाउने शुल्क निर्धारण सम्बन्धी विवतरण सार्वजनिक गरेको छ ।
सार्वजनिक सूचनामार्फत महानगरपालिकाले तोकिएकै शुल्क उठाउन सबै विद्यालयहरुलाई सूचित गरेको छ । शैक्षिक सत्र २०८३ का लागि यो शुल्क निर्धारण गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।
चर्को मूल्य तिर्न बाध्य अभिभावक तथा विद्यालयका लागि सूचना प्रकाशन गरिएको हो । तर, विराटनगर महानगरपालिका क्षेत्रमा अनुगमनको अभावमा अभिभावक चर्को शुल्क तिर्न बाध्य छन् । महानगरले निर्धारण गरेको शुल्क लिनुको साटो त्यसभन्दा अधिक लिने गरिएको छ ।
विराटनगर महानगरले तोकेको शैक्षिक शुल्क :
भर्ना, मासिक, खेलकुद तथा प्रयोगशाला शुल्क महानगरले निर्धारण गरेको भएपनि धेरै विद्यालयले अटेर गर्ने गरेका छन् । अधिक शुल्क लिने विद्यालयलाई महानगरले कारवाही गर्नुपर्ने अभिभावकको माग भएपनि त्यो व्यवहारमा भने कार्यान्वयन भने हुन सकेको छैन् ।
निजी विद्यालयले विद्यार्थीका लागि निश्चित कोटाका रुपमा छात्रवृत्ति पनि उपलब्ध गराउनु पर्छ । त्यो पनि कागजी रुपमा मिलाएर विद्यालयहरुले महानगरको आँखामा छारो हाल्ने काम गर्दै आएका छन् । नियमन कडा पार्न जनस्तरबाट माग हुँदै आएको छ ।