३१ बैशाख २०८३, शुक्रबार
15-05-2026 , Fri
×

बर्जु गाउँपालिकाद्वारा विद्यालयलाई नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन

Logo
ब्रहमदेव मेहता प्रकाशित शुक्रबार, बैशाख ३१, २०८३

तस्विर : नमो अनलाइन

बिराटनगर। सुनसरीको बर्जु गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित विद्यालयहरूलाई नियमित रूपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको पत्रमा केही विद्यालयहरूले मसान्तको दिन, शिक्षक तथा कर्मचारीको बैठक, विद्यालय व्यवस्थापन समितिको बैठक लगायतका कारण देखाउँदै निर्धारित समयभन्दा अगावै विद्यालय बन्द गरी विद्यार्थीलाई घर पठाउने गरेको गुनासो प्राप्त भएको उल्लेख गरिएको छ।

गाउँपालिकाले उक्त गुनासोको स्थलगत परीक्षण गर्दा तथ्य सही देखिएको जनाएको छ। त्यसपछि प्रचलित कानुनअनुसार तोकिएको समयमा नियमित रूपमा पठनपाठन सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइएको हो।

पत्रमा विद्यालय सञ्चालनमा लापरवाही गरे नियमअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

बर्जु गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु श्रेष्ठद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ विद्यालय व्यवस्थापन समिति तथा सम्बन्धित सबै विद्यालयलाई दिइएको छ।

error: Content is protected !!