०५ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

विराटनगरमा भारतीय ग्यास बुलेटको ठक्करबाट बुवा छोरीको मृत्यु

Logo
नमो आलाईन प्रकाशित बुधबार, जेठ ०५, २०८३

विराटनगर । विराटनगरमा ग्यास बुलेटकाे ठक्करबाट दुई जना साइकल यात्रीकाे मृत्यु भएको छ ।

कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका-१४ हनुमान मन्दिर अगाडि मंगलबार एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटकाे ठक्करबाट दुई जनाको मृत्यु भएको हाे ।

प्रहरीका अनुसार अन्दाजी ४०/४५ वर्षका पुरुष र १३/१४ वर्षकी बालिकाको मृत्यु भएको हाे । उनीहरूकाे पहिचान खुल्न बाँकी रहेकाे माेरङका प्रहरी उपरीक्षक कवित कटवालले बताए ।

प्रहरीका अनुसार दुर्घटनामा दुई जना गम्भीर घाइते भएका थिए । उपचारका लागि कोशी अस्पताल पुर्‍याइएकाे थियो । उपचारका क्रममा मृत्यु भएको हाे ।

घटनापछि ग्यास बुलेट र चालक भारत घर भएका ४५ वर्षीय रामलाल सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

error: Content is protected !!