०४ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, जेठ ०३, २०८३

तस्विर : नमो अनलाइन

बिराटनगर। विश्व स्वास्थ्य संगठन को ७९औँ विश्व स्वास्थ्य महासभा (WHA79) को उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ। स्विट्जरल्याण्डको Palais des Nations मा आज आयोजित महासभाको उद्घाटन सत्रमा नेपाल उक्त गरिमामय पदमा निर्वाचित भएको हो।

नेपालको यो निर्वाचनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। विश्व स्वास्थ्यसम्बन्धी नीतिगत निर्णय र बहुपक्षीय सहकार्यका लागि महत्वपूर्ण मानिने महासभाको उपाध्यक्ष पदमा नेपालको चयनले विश्व समुदायमा नेपालको भूमिका थप सशक्त बनेको संकेत गरेको छ।

महासभाको सोही सत्र अन्तर्गत आजै नेपालको तर्फबाट माननीय मन्त्री निशा मेहता ले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ। उहाँले विश्व स्वास्थ्य, महामारीपछिको पुनर्संरचना, स्वास्थ्य पहुँच तथा दिगो स्वास्थ्य प्रणाली निर्माणका विषयमा नेपालको धारणा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

हरेक वर्ष आयोजना हुने विश्व स्वास्थ्य महासभामा सदस्य राष्ट्रहरूले विश्व स्वास्थ्य नीति, बजेट, कार्यक्रम तथा स्वास्थ्यसम्बन्धी चुनौतीहरूबारे छलफल गर्ने गर्दछन्।

error: Content is protected !!