०३ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

कोशी अस्पताल सहित देशभरका २२ स्वास्थ्य संस्थाहरुको जग्गा अतिक्रमण हटाउन मन्त्रालयद्वारा निर्देशन जारी

Logo
नमो अनलाईन प्रकाशित आइतबार, जेठ ०२, २०८३

तस्विर : फाईल

विराटनगर । कोशी अस्पतालसहित देशभरका २२ स्वास्थ्य संस्थाहरुको भौतिक सम्पति तथा जग्गाजमिन संरक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशात्मक परिपत्र जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले गत बुधबार नै निर्देशनात्मक परिपत्र जारी गर्दै तीनवटा कार्य तत्काल गर्न भनिएको छ ।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाले जारी गरेको निर्देशन अनुसार जग्गाको सीमा यकिन, अतिक्रमण भएको भए त्यस्ता संरचना हटाउन प्रक्रिया थाल्न र भविष्यमा पुनः अतिक्रमण रोक्न कानुनी रुपमा बलियो हुन भनिएको छ ।

देशभरका २२ स्वास्थ्य संस्थाका लागि जारी गरिएको यो निर्देशनले कोशी अस्पतालको जग्गा विवाद समेत अब समाधान हुने भएको छ । कोशी अस्पतालको जग्गा मिचेर बनेका संरचना हटाउने बाटो समेत अब स्पष्ट रुपमा खुल्ला भएको छ ।

error: Content is protected !!