इटहरी । ज्यान मार्ने मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
२०७८ साल पुस २३ गतेको फैसलाअनुसार मुद्दा नम्बर ०७५-C१-०६६१ मा ६ महिना कैद तथा ५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएपछि फरार रहेका सुनसरीको धरान उपमहानगरपालिका–१५ निवासी २९ वर्षीय दाँते भन्ने गणेश राईलाई प्रहरीले पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सुनसरीमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको