०६ जेठ २०८३, बिहिबार
21-05-2026 , Thu
×

सप्तकोशी डुबान तथा कटान पीडितद्वारा सांसद दीपक साहलाई बुझाइयो ज्ञापनपत्र

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, जेठ ०५, २०८३

तस्विर : नमो आलाईन

बराहक्षेत्र । सुनसरी सप्तकोशी नदीको डुबान तथा कटानबाट पीडित स्थानीय बासिन्दाले आफ्ना समस्या समाधानको माग गर्दै क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सांसद ई. दीपक कुमार साहलाई ज्ञापनपत्र बुझाएका छन्।

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ९, राजाबासमा आयोजित एक कार्यक्रमका बीच स्थानीय पीडित जनता तथा बुद्धिजीवीहरूले सांसद साहलाई बुँदागत रूपमा ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्।

ज्ञापनपत्रमा बराहक्षेत्र क्षेत्रका तीनवटा मुख्य तथा दीर्घकालीन समस्याहरूलाई प्रमुख प्राथमिकताका साथ उठाइएको छः

सप्तकोशी कटानको दीर्घकालीन समाधान : हरेक वर्ष स्थानीय जनताले भोग्दै आएको सप्तकोशी नदीको कटान र डुबानको समस्यालाई सदाका लागि अन्त्य गर्न प्रभावकारी र स्थायी तटबन्ध निर्माण गरिनुपर्ने।

सामुदायिक विद्यालयका लागि स्कुल बस : यस क्षेत्रका विद्यार्थीहरूलाई विद्यालय आउन–जान सहज होस् भन्ने उद्देश्यले सामुदायिक विद्यालयका लागि स्कुल बसको व्यवस्था गरिनुपर्ने।

एसियन हाइवे निर्माण : क्षेत्रको आर्थिक र सामाजिक विकासका लागि महत्त्वपूर्ण मानिएको एसियन हाइवे निर्माण कार्यलाई गति दिनुपर्ने।

ज्ञापनपत्र बुझ्दै सांसद ई. दीपक कुमार साहले स्थानीय जनताका यी मागहरू अत्यन्तै जायज र संवेदनशील रहेको बताउनुभयो। उहाँले यी समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय र संसद्मा आफूले जोडदार रूपमा कुरा उठाउने र बजेट व्यवस्थापनका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा ठूलो संख्यामा कोशी पीडित सर्वसाधारणको उपस्थिति रहेको थियो।

error: Content is protected !!