१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

एसियन युथ बक्सिङमा नेपालको पदक पक्का

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, साउन २०, २०८२

काठमाडौं  । एसियाली बक्सिङ च्याम्पियनसिपमा पुरुष यू–२२ उमेर समूहमा नेपालका अर्पिल रानाले कम्तिमा कास्य पदक पक्का गरेका छन्।

५० केजी तौल समूहमा अप्रिल सेफिफाइनल प्रवेश गरेसँगै कास्य पदक पक्का भएको बक्सिङका अन्तर्राष्ट्रिय को–ओडिनेटर तथा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जनाएका छन्।

एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा अर्पिलले भुटानी मुक्केवाज किन्ले फुन्चोलाई ४-१  अंकको आधारमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन्।

यसअघि अर्पिलले साउदी अरबका मुक्केवाज इब्राहीमलाई ५–० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए।

अर्पिलले अगष्ट ६ तारीखमा जापानका मुक्केवाज सोदाई कोटोसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन्।

जापानी मुक्केवाज कोटोले फिलिपिनी मुक्केवाजलाई ५–० ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरेका थिए ।

error: Content is protected !!