
हरिनगर । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय बिराटनगर, कोशी प्रदेशले ५० जना छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिका वडा नं. ७ घुस्की स्थित रहेको हिलाल पब्लिक माध्यमिक विद्यालयका ५० जना छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय बिराटनगर, कोशी प्रदेशले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक बर्ष गरिने समाजिक कार्य अन्तर्गत यस बर्ष मुस्लिम समुदायलाई लक्षित गरी हिलाल पब्लिक माध्यमिक विद्यालयका छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको साहयक लेखा अधिकृत राजकुमार मेहताले जानकारी दिए।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष मुज्जमिल खानले शैक्षिक सामग्री वितरण कार्य प्रशंसनीय रहेको बताए। उनले भने यस्ता कार्यले जस्लाई शैक्षिक सामग्री खरिद गर्न कठिनाइ हुन्छ त्यस्ताले केही राहत पाएको जिकिर गरे। आगमी दिनहरुमा यस् भन्दा पनि पिछडिएको विद्यालयहरू वितरण गर्न सुझाव समेत दिए।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय बिराटनगर, कोशी प्रदेशका क्षेत्रीय निर्देशक बिमलेश झाले यस्तो कार्यक्रमले नेपाल टेलिकम समाज संग प्रत्यक्ष रुपमा साक्षत्कार हुने गर्दछ। यस्ता कार्यक्रमले आर्थिक रुपले कमजोर भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री उपलब्ध गराए पछि शिक्षा हाँसिल गर्न सहज हुने भएकोले हामी आएर याहाँ वितरण गर्न पाउँदा खुसी भएका छौँ। नेपाल टेलिकम नेपाल सरकारकै कम्पनी भएकोले यस्ले प्रदान गर्ने सेवा सुविधा प्रति कटिबद्ध छ। आगामी दिनहरुमा हामीले सके जतिको सहयोग गर्ने छौ। आउने समयमा घुस्की क्षेत्रमा फाइबर नेटवर्क उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए।
त्यस्तै हिलाल पब्लिक माध्यमिक विद्यालयका अध्यक्ष अफताव आलमले नेपाल टेलिकमका पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए। नेपाल टेलिकम जस्तो नेपाल सरकारको सेवामुलक संस्थाले आफ्नो समाजिक उत्तरदायित्व अन्तर्गत यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएकोमा विद्यालय परिवार हर्षित भएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा गरिएको बताए।
सोही अवसरमा १०० जना शिक्षक तथा विद्यार्थीहरुलाई नि:शुल्क सिम कार्ड समेत वितरण गरिएको थियो।