१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

जेनजी आन्दोलनमा जलेको रातो मछिन्द्रनाथको पाङ्ग्रा धमाधम बनाइँदै, तस्बिरहरू

Logo
नमो अनलाईन प्रकाशित शनिबार, फाल्गुण १५, २०८२

ललितपुरको प्रसिद्ध रातो मछिन्द्रनाथको रथको जलेको पाङ्ग्रा यतिबेला धमाधम निर्माण भइरहेको छ। केही समयअघि भएको जेनजी आन्दोलनका क्रममा आगलागी भएर रथका दुईवटा पाङ्ग्रा पूर्ण रूपमा नष्ट भएका थिए। सोही क्षतिलाई परिपूर्ति गर्न अहिले परम्परागत शैलीमा नयाँ पाङ्ग्रा बनाउने काम भइरहेको हो।

धार्मिक र सांस्कृतिक मान्यता अनुसार रातो मछिन्द्रनाथको पाङ्ग्रा सामान्यतया १२ वर्षमा एक पटक मात्र बनाउने गरिन्छ। तर, कुनै आकस्मिक दुर्घटना वा क्षति भएमा मात्र बिचैमा नयाँ पाङ्ग्रा निर्माण गर्ने परम्परा छ। आन्दोलनका कारण ऐतिहासिक रथमा क्षति पुगेपछि स्थानीय गुठी र सरोकारवाला निकायको सक्रियतामा यो निर्माण प्रक्रिया अघि बढाइएको हो।

गत सरस्वती पूजाको शुभ साइत पारेर सुरु गरिएको यो निर्माण कार्यमा अनुभवी र दक्ष कालिगढहरू अहोरात्र खटिएका छन्। प्राचीन विधि र शैलीलाई जस्ताको तस्तै कायम राख्दै निर्माण भइरहेका यी पाङ्ग्राहरू करिब डेढ महिनाभित्र तयार भइसक्ने लक्ष्य राखिएको छ। रथको पाङ्ग्रा तयार भएपछि मछिन्द्रनाथको नियमित जात्रा र धार्मिक विधिहरूलाई पुनः निरन्तरता दिन सहज हुने विश्वास गरिएको छ।

 

error: Content is protected !!