१७ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

पार्टी एकतामा जुट्न नेता–कार्यकर्तालाई गुरुराज घिमिरेको आह्वान

Logo
नमो आलाईन प्रकाशित शुक्रबार, बैशाख १७, २०८३

तस्विर : फाईल

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले हाल नेपाली कांग्रेस इतिहासकै चुनौतीपूर्ण राजनीतिक मोडमा उभिएको उल्लेख गरेका छन् ।

विशेष महाधिवेशनमार्फत भएको नेतृत्व परिवर्तनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको भन्दै अब त्यस विषयमा पक्ष–विपक्षको बहस आवश्यक नभएको घिमिरेको भनाइ छ । वर्तमान अवस्थामा पार्टीभित्र एकता सुदृढ गर्नु नै मुख्य दायित्व भएको उल्लेख गर्दै उनले विगतका मतभेद र कटुतालाई बिर्सेर अघि बढ्नुपर्ने बताए । उनले निर्धारित समयमै १५औँ महाधिवेशन सम्पन्न गर्न सबैलाई सक्रिय हुन पनि आग्रह गरे ।

त्यसैगरी, पार्टीका अग्रज, नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय सानेपामा भेला भएर छलफल गर्न आह्वान गर्दै उनले पार्टीको बृहत्तर एकतालाई कमजोर हुन नदिन सबैलाई सचेत रहनुपर्ने बताएका छन् ।

error: Content is protected !!