तस्विर : नमो आलाईन
काठमाडौं । विश्व हिन्दू परिषद् नेपालद्वारा आयोजित “धर्म चिन्तन सन्त सभा” बिहीबार काठमाडौंको तिलगंगास्थित आनन्द पशुपति धर्मशालामा सम्पन्न भएको छ।
कार्यक्रममा भारत अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थक्षेत्र न्यासका कोषाध्यक्ष तथा गीता परिवारका संस्थापक पूज्य स्वामी गोविन्द देव गिरी जी महाराजको विशेष सान्निध्य रहेको थियो। उहाँले हिन्दू समाजको एकता, संस्कार, धर्मरक्षा तथा राष्ट्र निर्माणमा सबैको भूमिकाबारे प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभएको थियो।
सभामा विभिन्न सन्तमहात्मा, धर्मप्रेमी महानुभाव, बुद्धिजीवी वर्ग तथा विश्व हिन्दू परिषद् नेपालका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा धर्म, संस्कृति तथा सामाजिक जागरणका विषयमा गहन चिन्तन र विचार विमर्श गरिएको आयोजकले जनाएको छ।
विश्व हिन्दू परिषद् नेपालले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।