२४ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

प्रदेशलाई स्वायत्त घोषणा गर्न माग गर्दै काठमाडौंमा जनमतको प्रदर्शन

Logo
विराटनगर न्यूज डेस्क प्रकाशित सोमबार, जेठ २४, २०८३

काठमाडौं । प्रदेशहरुलाई पूर्ण स्वायत घोषणा गर्नुपर्नेलगायतका माग राख्दै जनमत पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

यसअघि भएको ८ बुँदे सम्झौता अनुसार प्रदेशहरुलाई पूर्ण स्वायत्त घोषणा गनुपर्ने, कर्मचारी र स्थानीय तह प्रदेश मातहत कायम गर्नुपर्नेलगायतका माग राख्दै जनमत पार्टीले सोमबार काठमाडौको माइतीघरमा प्रदर्शन गरेको हो ।

साथै जनमतले प्रमुख जिल्ला अधिकारी र प्रहरी पनि प्रदेश मातहत राखिनुपर्ने, नेपाली सेनामा मधेशी–थारुको सामूहिक भर्ना गर्नुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्नुपर्ने माग राखेको छ भने बैदशीक रोजगारीको समस्या समाधान गर्नुपर्ने, किसानलाई समयमा नै मलखाद र सहज ऋण उपलव्ध गराउनुपर्ने, चूरिया क्षेत्रको दोहन र अतिक्रमण हटाउनुपर्ने समेत माग राखेको छ ।

प्रदर्शनमा सहभागीहरुले मधेशी, थारु, दलित, मुस्मिल, आदिवासी, सुकुमवासी अल्पसंख्यक लगायतमाथिको दमन, शोषण र विभेद बन्द गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए ।

error: Content is protected !!