२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

पूर्वी नवलपरासीमा बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, आषाढ ०५, २०८२

तस्विर : नमो अनलाईन

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ ।

तीन बच्चसहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विहीबार राति करिब ११ बजेतिर बगाएको हो ।

बसमा सवार सबै यात्रुहरुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिए ।

बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको प्रहरीले बताएको छ । बस अहिले भर्खर फेला परेको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक राजन तिमिल्सेनाले बताए ।

गत पुसमा भारतीय ओभरलोड ट्रकले पुल भाँचिएपछि यो सडकमा डाइर्भसन बनाइएको थियो । तर वर्षासँगैको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने गरेको छ ।

डाइभर्सन बगाएकाले यातायात अवरुद्ध छ । दुम्किबासबाट दाउन्नेतर्फको सडक हिलाम्य भएकाले गाडीहरू उकालो चढ्न नसकेर बिच बाटोमै अलपत्र छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  देवानगञ्ज । सामाजिक सञ्जालको दुरुपयोग गरि ठगी धन्दा चलाउने एकजनालाई सुनसरी प्रहरीले भारतको भिमनगरबाट पक्राउ गरेको छ। फेसबुक आइडीमा फेक नाम भिन्दा सुवन राखेर ठगी धन्दा चालाउने सुनसरीको देवानगन्ज गाउँपालिका-१ का कुशेश्वर मेहतालाई भारतबाट पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए। मेहताले थाइल्याण्डको SIAm Commercial बैंकको म्यानेजर हुँ भनी एलेन अर्बी शाहीको […]

उज्ज्वल शाक्य र उनकी दिदी पबिना शाक्यबीच १३ वर्षको उमेर अन्तर छ। सायद त्यही भएर उज्ज्वलको जिन्दगीमा पबिनाको स्थान आमाकै बराबर छ भन्दा फरक पर्दैन। सानोमा उज्ज्वललाई होमवर्क गराउनेदेखि लुगाफाटो तयार गरेर स्कुल पठाउनेसम्म र खुवाउने–पियाउनेदेखि अरू सारा हेरविचार पबिनाले नै गरिन्। पबिनाकै रेखदेखमा हुर्केकाले उज्ज्वलको सोच पनि दिदीको जस्तै छ। उनीहरू दुवै अर्काको जागिर खान होइन, आफ्नै व्यवसाय […]

काठमाडौं । उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ओभरपासले बल्ल पूर्णता पाएको छ। पटकपटक भाका सार्दै सम्पन्न भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्। ओेभरपास निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले […]