०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

Logo
नमो आलाईन प्रकाशित आइतबार, फाल्गुण ०९, २०८२

तस्विर : नमो आलाईन

इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार राजिव कोइरालाले जनतासंग सिधा सम्बाद कार्यक्रम सुरु गरेको छ ।

चुनावी सभा र भाषण भन्दा युवा, बालबालिका, बृद्ध सहित सबै समुहका मानिससंग प्रत्यक्ष संवाद र खुला बहसलाई प्राथमिकता दिएका कोइरालाले मतदातासँग विकासका एजेण्डामा केन्द्रित छलफल सुरु गरेका छन् ।

मतदाता माझ कोइरालाले आफ्नो राजनीतिक यात्राका क्रममा जनताले कोशी प्रदेश सांसदको जिम्मेवारी दिएका बेला गरेको कार्यको बिषयमा जानकारी दिनुका साथै तिनको कार्यान्वयन अवस्थालाई समेत बहसको केन्द्र बनाउनुभएको छ ।

आफूले अघि सारेका दीर्घकालीन योजना अधुरो अवस्थामा रोकिएकाले त्यसको निरन्तरताका लागि जनमत आवश्यक रहेको स्पष्ट पार्नुभयो । काम गरेर देखाउने क्षमता भएका नेताको रुपमा राजिव कोइरालालाई लिने गरेको छ ।

इटहरी देखि देवानगन्ज सम्मका युबा, बालबालबालिका, बृद्ध, मधेसी, पहाडि, मुस्लिम, मेहता, साह, झा, गुप्ता लगायतका सबै समुदायका सबै उमेर समुहका ब्यक्तिले सुनेको नाम हो राजिव कोइराला ।

कसैको दाई, कसैको भाई, कसैको मामा, कसैको मित्र, कसैको पढाईका बेलाका साथि, कसैको राजनीतिक बेलाका साथि रुपमा रहेका राजिव कोइराला जनता माझ नौलो नाम वा व्यक्ति होइन् । जनता वा मतदाताले भनेको काम हुने भएपनि नभएनि गर्नका लागि आवश्यक सहयोग गर्ने ब्यक्तिको रुपमा समेत कोइरालालाई लिने गरेको छ ।

कुराभन्दा काम गर्ने नेताका रूपमा चिनिइसकेको दाबी गर्नुहुदै अधुरा योजना पूरा गर्न पुनः अवसर दिन दुईटै हात जोडर मतदातासँग समक्ष पुग्ने आग्रह गर्नुएको छ भने सडक, पूर्वाधार, खानेपानी र सिँचाइलाई आफ्नो प्राथमिक एजेन्डा रहेको बताउनुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, क्षेत्रीय विकास र नवयुवाको परिवर्तनको आसालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदातालाई घरदैलोमा भेट्ने तयारी भइरहेको जानकारी दिनुभयो । आफूलाई संसद बनाएर पठाएपछि प्रश्न गर्ने अधिकार सधै खुल्ला रहने समेत बताउनुभएको छ ।

मतदातालाई आफ्नो उत्साह र पार्टीको नीतिलाई विश्वास गरी अमूल्य मत दिएर विजयी गराइदिन हार्दिक अनुरोध समेत गरिरहनुभएको छ ।

कोइराला २०७४ सालको निर्वाचनमा सुनसरी–२ (ख) बाट निर्वाचित भएका थिए । कोइराला सुनसरी जिल्लामा दुई पटक पार्टी सभापति निर्वाचित भइसकेका छन् ।

२०३६ सालको विद्यार्थी आन्दोलनपश्चात् राजनीतिमा सक्रिय भएका उनी २०१९ सालमा सुनसरीको चाँदबेलामा जन्मिएका हुन् ।

कोइराला इनरुवा १ नम्बर वडाका निवासी हुन् । कोइरालालाई इमान्दार नेताको रुपमा लिने गरेका छन् । जनताको काम सहजै गरिदिने नेताको रुपमा लिने गरेको छ ।

error: Content is protected !!