तस्विर : नमो अनलाइन
काठमाडौं । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार छनोट प्रक्रियामा कडा मापदण्ड लागू गर्ने भएको छ।
पार्टीका अनुसार रास्वपाबाट उम्मेदवार बन्न इच्छुक सदस्यहरूले अनिवार्य रूपमा “क्याण्डिडेट क्लब”को सदस्यता लिनुका साथै “लिडरशिप एकेडमी”बाट उतिर्ण हुनैपर्नेछ।
यसअघि रास्वपाको “स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३” सम्बन्धी मस्यौदा प्रतिवेदन पार्टीको सचिवालय बैठकमा पेश गरिएको थियो। उक्त प्रतिवेदन उम्मेदवार छनोट रूपरेखा निर्माण समितिले पार्टी सभापति रवि लामिछानेलाई हस्तान्तरण गरेको जनाएको छ।
पार्टीले नयाँ व्यवस्था मार्फत सक्षम, योग्य र उत्तरदायी नेतृत्व विकास गर्ने लक्ष्य राखेको जनाएको छ। यसले स्थानीय तहमा प्रभावकारी जनप्रतिनिधि चयन गर्न सहयोग पुग्ने विश्वास समेत रास्वपाले व्यक्त गरेको छ।