१९ बैशाख २०८३, आइतबार
03-05-2026 , Sun
×

वीरगञ्जका मसाज सेन्टर तथा स्पामा नाबालिका फेला, अनुगमन कडा

Logo
ब्रहमदेव मेहता प्रकाशित आइतबार, बैशाख १९, २०८३

तस्विर : नमो अनलाइन

वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा सञ्चालनमा रहेका मसाज सेन्टर तथा स्पाहरूमा गरिएको अनुगमनका क्रममा केही नाबालिका फेला परेका छन्।

सरोकारवाला निकाय र प्रहरीको संयुक्त टोलीले गरेको अनुगमनमा यस्तो अवस्था देखिएको हो।

अनुगमनका क्रममा नाबालिका भेटिएपछि सम्बन्धित स्पा तथा मसाज सेन्टरका सञ्चालकलाई कडा चेतावनी दिइएको छ। नाबालिकालाई काममा लगाउनु कानुनविपरीत भएको उल्लेख गर्दै पुनः यस्ता गतिविधि दोहोरिएमा कानुनी कारबाही गरिने स्पष्ट पारिएको छ।

प्रहरीले बालबालिकाको संरक्षण र मानव बेचबिखनजस्ता सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस्ता स्थानहरूमा निगरानी थप कडा बनाउने जनाएको छ। साथै, शंकास्पद गतिविधि देखिएमा तत्काल जानकारी गराउन सर्वसाधारणलाई समेत अनुरोध गरिएको छ।

error: Content is protected !!