१८ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

प्रधानमन्त्री बालेन्द्र शाहलाई पक्राउ गर्न माग

Logo
ब्रहमदेव मेहता प्रकाशित शनिबार, बैशाख १८, २०८३

तस्विर : नमो अनलाइन

काठमाडाैं । काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीमा सरकारद्वारा डोजर चलाएर हटाउने अभियानप्रति युवाहरूले कडा आपत्ति जनाएका छन्।

जेनजी मुभमेन्ट नेपालले वक्तव्य जारी गर्दै प्रधानमन्त्री वालेन्द्र साहमाथि आत्महत्या दुरुत्साहनको आरोपमा कानुनी कारबाही गर्न माग गरेको छ।

थापाथली, मनोहरा, सिनामंगल र बल्खु क्षेत्रमा भएको डोजर कारबाहीका कारण दुई जनाले आत्महत्या गरेको उल्लेख गर्दै मुभमेन्टले यसलाई राज्य आतंकको परिणाम भनेको छ। प्रभावित परिवारका लागि सुरक्षित र सम्मानजनक वैकल्पिक आवासको व्यवस्था गर्न पनि माग गरिएको छ।

यस्तै, जेनजी फ्रन्टले समेत सरकारको कदमलाई अमानवीय र असंवैधानिक भन्दै विरोध जनाएको छ। वक्तव्यमा सरकारले यस्ता गतिविधि नरोके नागरिक सर्वोच्चताको बलमा सत्ताच्यूत हुन सक्ने चेतावनी दिइएको छ।

error: Content is protected !!