१९ बैशाख २०८३, आइतबार
03-05-2026 , Sun
×

पत्रकार इकवाल अहमद श्रम संस्कृति पार्टीमा प्रवेश

Logo
ब्रहमदेव मेहता प्रकाशित आइतबार, बैशाख १९, २०८३

तस्विर : नमो अनलाइन

इनरुवा। सुनसरीका पत्रकार इकवाल अहमद औपचारिक रूपमा श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका अहमद यसअघि नेपाल प्रेस युनियनमा आवद्ध थिए।

प्रेस युनियनकै सिफारिसमा अहमद मूल्य पारिश्रमिक निर्धारण समितिका सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत भएका थिए।

पछिल्लो समय प्रेस युनियनप्रति असन्तुष्टि जनाउँदै आएका उनले अन्ततः श्रम संस्कृति पार्टी रोजेका हुन्।

प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार बनेका अहमदले अघिल्लो निर्वाचनमा १५४ मत प्राप्त गरेका थिए।

उनीलाई श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङले धरानको चिण्डे डाँडामा आयोजित श्रम शिविरमा पार्टीको सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरेका हुन्।

error: Content is protected !!