१० जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

धनौजी गाउँपालिकाका प्रसासकीय अधिकृत राजकुमार दास सम्पर्कविहिन, स्थानियको आरोप

Logo
नमो अनलाईन प्रकाशित सोमबार, जेठ १०, २०८३

तस्विर : फाईल

जनकपुरधाम । दक्षिणी धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास सम्पर्कविहिन भएको आरोप स्थानीयहरुले लगाएका छन् ।

करिब एक महिनादेखि नै अधिकृत दास कार्यालय नआएको गुनासो सेवाग्राहीहरुले पोखेका छन् । उनी महिनादेखि कार्यालय नआउँदा प्रशासननिक कामकाजमा समस्या उत्पन्न भएको स्थानीय दरबेश मण्डलले बताए । उनका अनुसार, अधिकृत दास करिब एक महिनादेखि बेपत्ता भएका हुन् ।

२०८२/०८३ को बजेट, कामकाज प्रभावित गरी सम्पर्कविहिन भएको आरोप स्थानीयहरुको छ । यतिदिनसम्म कार्यालय प्रमुख नहुँदा सेवाग्राही मारमा परेको बताईएको छ ।

चालु आर्थिक बर्ष समाप्त हुन मात्र डेढ महिना बाँकी रहँदा अधिकृत दास सम्पर्कविहिन भएपछि विकास निर्माणका कामकाजहरु समेत प्रभावित भएको बताईएको छ ।

यता, अधिकृत दासले आफू विरामी भएर काठमान्डौँ उपचारमा गएको बेला कुप्रचार गरिएको बताएका छन् । उनले आफू अस्वस्थ्य भएर बीच बीचमा उपचारको लागि गएको र बीच बीचमा कार्यालय आउने गरेको दाबी गरे ।

error: Content is protected !!