तस्विर : नमो आलाईन
बिराटनगर । सामाजिक सञ्जाल टिकटकमा हातहतियार जस्तो वस्तु बोकी भिडियो पोस्ट गरिएको घटनामा संलग्न दुई जना किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार उक्त भिडियो सार्वजनिक भएपछि हातहतियार बोकेको व्यक्तिको खोजतलास गर्ने क्रममा मिति २०८३ जेठ ११ गते साँझ ६ः५० बजे जिल्ला सुनसरी देवानगञ्ज गाउँपालिका वडा नं. २ बस्ने १७ वर्ष र १५ वर्ष उमेरका दुई जनाको पहिचान गरिएको हो।
उनीहरूको साथबाट फलामबाट बनेको घरेलु हतियार ‘कटुवा पेस्तोल’ जस्तो देखिने वस्तु समेत फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको हतियारसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले सामाजिक सञ्जालमा गैरकानुनी तथा त्रास फैलाउने किसिमका सामग्री पोस्ट नगर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ।