२० जेठ २०८३, बिहिबार
04-06-2026 , Thu
×

भोक्राहाबाट ब्राउनसुगरसहित एक जना पक्राउ

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, जेठ १९, २०८३

विराटनगर। सुनसरीको भोक्राहानरसिंह गाउँपालिकाबाट प्रहरीले लागू औषध ब्राउनसुगर (खैरो हिरोइन) सहित एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी नरसिंहटप्पुबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भोक्राहानरसिंह गाउँपालिका वडा नं. ६ स्थित सडक खण्डबाट सो पदार्थसहित ४२ वर्षीय भीम बहादुर दासलाई पक्राउ गरेको हो।

संखुवासभाको बाह्रबिसे गाउँपालिका वडा नं. १ घर भई हाल सुनसरीकै इटहरी उप महानगरपालिका वडा नं. ५ मा बस्दै आएका दास भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका थिए।

शङ्का लागेर प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथमा रहेको प्लास्टिकको झोला भित्र लुकाएर राखिएको अवस्थामा ३.०३ ग्राम (तीन ग्राम तीस मिलिग्राम) ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

लागू औषधसहित नियन्त्रणमा लिइएका दासलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

error: Content is protected !!