विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा विज्ञानसंकाय र व्यवस्थापन संकाय तर्फ कक्षा ११ र १२ को कक्षा सञ्चालन गरिरहेको मेरिल्याण्ड कलेजले बिहीबार एक भव्य अभिमुखीकरण कार्यक्रमको आयोजना गरी ११ मा भर्ना भएका ८ सय भन्दा बढी विद्यार्थीलाई अभिमुखीकरण प्रदान गरेको छ।

अभिमुखीकरण कार्यक्रमको अवसरमा मेरिल्याण्ड कलेजले उत्कृष्ट ५० जना विद्यार्थीलाई सम्मान गरेका थिए । मेरिल्याण्ड कलेजले २४ वर्षदेखि विराटनगरमा व्यवस्थापन संकाय तर्फको कक्षा सञ्चालन गरिरहेको छ ।
मेरिल्याण्ड व्यवस्थापन संकाय तर्फ कोशी प्रदेशको एक नम्बर कलेज हो । व्यवस्थापन संकाय तर्फ पाएको अपार सफलता पछि कलेजले २ वर्षदेखि विज्ञान संकाय तर्फको कक्षा सञ्चालनमा ल्याएको छ ।

कलेजले विज्ञान संकाय र व्यवस्थापन संकाय गरेर कक्षा ११ मा भर्ना भएका ८ सय भन्दा बढी विद्यार्थीका लागि बिहीबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा ५० जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो ।
एसईई परीक्षामा ३.९० देखि माथि ४ जिपीए सम्म नम्बर ल्याएर मेरिल्याण कलेजमा विज्ञान संकाय र व्यवस्थापन संकाय तर्फ कक्षा ११ मा भर्ना भएका ४५ जना विद्यार्थीलाई सम्मान गरेको थियो ।

यसै गरी विज्ञान संकाय र व्यवस्थापन संकाय तर्फ कक्षा ११ को प्रवेश परीक्षामा सबैभन्दा बढी नम्बर ल्याएर भर्ना भएका ५ जना विद्यार्थीलाई कलेजले सम्मान गरेको छ।
अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख राम ढुंगेल, विशिष्ट अतिथि कमेडी किङ अफ नेपाल मनोज गजुरेल, कलेजका अध्यक्ष गुणराज ढुंगेल, उपाध्यक्ष डा. पि. के. झा, प्रिन्सिपल लक्ष्मण ढकाल , निर्देशक भेषराज पोखरेल, प्रदिपकुमार भगत, डा. मनोज गुप्ता, नन्दकिशोर अग्रवाल, डा. शिवनारायण यादव, पेशल पोखरेल र जयराज राजवंशीले विद्यार्थीहरूलाई सम्मान गरेका थिए ।

मेरिल्याण्ड कलेजमा कोशी प्रदेशकै सुविधा सम्पन्न प्रयोगशाला छ। जुन प्रयोगशालामा एक एक गरेर विद्यार्थीहरूले अध्ययन र अनुसन्धान गर्न पाउने व्यवस्था मिलाइएको प्रिन्सिपल लक्ष्मण ढकालले बताए ।