२४ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

सुनसरीबाट ब्राउन सुगर र प्रतिबन्धित ट्याब्लेटसहित एक जना पक्राउ

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, जेठ २४, २०८३

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट ठुलो परिमाणमा लागू औषध र नगद रकमसहित एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको विशेष प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका वडा नं. ७ सृजना टोल बस्ने २५ वर्षीय रबि श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार श्रेष्ठको घरमा लागू औषध बिक्री बितरण भइरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि जेठ २४ गते राति करिब १०ः३० बजे प्रहरी टोलीले उनको घरमा छापा मारेको थियो। निजको सुत्ने कोठा खानतलासी तथा चेकजाँच गर्ने क्रममा कोठाको धुरीमा लुकाई छिपाई राखिएको अवस्थामा ब्राउन सुगर ५.१७ ग्राम (पाँच ग्राम एक सय सत्तरी मिलिग्राम), प्रतिबन्धित ट्याब्लेट १० लेखिएको १६३ पिस सेतो ट्याब्लेट, नगद रकम रु. ४५,९००।– (पैँतालिस हजार नौ सय) र १ थान डिजिटल तराजु फेला परेका हुन्।

लागू औषध, नगद र डिजिटल तराजुसहित पक्राउ परेका श्रेष्ठलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। उनीमाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

error: Content is protected !!