प्रतिनिधिसभा निर्वाचनअन्तर्गत म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका डा. महावीर पुन ले चुनावी अभियानका क्रममा जनतासँग प्रत्यक्ष संवाद गर्दै कडा र स्पष्ट अभिव्यक्ति दिएका छन्।
आफू उम्मेदवार रहेको क्षेत्रमा भोट माग्ने क्रममा आयोजित एक कार्यक्रममा उनले भने, “यदि मैले बदमासी गरेँ, विकास गर्छु भनेर गरेँन, आउँछु भनेर आएन भने मलाई जहाँ भेट्नुहुन्छ त्यहीँ लौरोले हाने पनि हुन्छ, ढुङ्गाले हाने पनि हुन्छ।”