२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

देशका सबै मतदान केन्द्रमा आजदेखि कर्मचारी र सुरक्षाकर्मी खटिंदै

Logo
नमो अनलाईन प्रकाशित सोमबार, फाल्गुण १७, २०८२

काठमाडाैं । यहि फागुन २१ गते हुने निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु साेमबार अपराह्नसम्म देशभरीका मतदान केन्द्रहरुमा पुग्ने भएका छन् ।

निर्वाचन आयोगले साेमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुग्न परिपत्र गरेको हाे । दुर्गम र विकट भेगका मतदान केन्द्रहरुमा केही दिनदेखि नै सुरक्षाकर्मीहरुसहितको टोली पुगिसकेको छ । यातायातको सुविधा पुगेको ठाउँमा साेमबार अपराह्नसम्म मतदान केन्द्रमा पुगेर तयारी गर्न निर्वाचन आयोगले कर्मचारीहरुलाई निर्देशन दिएको हाे।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार साेमबार अपराह्नसम्म चारकिल्ला तोकेर मतदान केन्द्रको हाता तोकिएको सूचना टास्नुपर्छ ।

आयोगले विकटका दुई सय भन्दा बढी मतदान केन्द्रमा आइतबारै कर्मचारीहरु पुगिसकेकाे जनाएकाे हाे । देशैभरीका निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षाकर्मीहरुको उपस्थितिमा सम्बन्धित मतदान अधिकृतहरुले निर्वाचन सामग्री बुझ्ने पनि आयाेगले जानकारी गराएकाे छ।

निर्वाचन नहुञ्जेलसम्म सुरक्षाकर्मी र निर्वाचन गराउने कर्मचारीहरुको टोली साथमै रहने व्यवस्था गरिएकाे समेत आयाेगले जनाएकाे हाे ।

error: Content is protected !!