तस्विर : नमो अनलाइन
विराटनगर। विश्व हिन्दू परिषद्, नेपाल मोरङ महिला विभागको आयोजनामा सीता नवमीको पावन अवसर पारेर “कन्या पूजन कार्यक्रम” आयोजना गरिने भएको छ।
आयोजकका अनुसार आगामी २०८३ वैशाख १९ गते शनिबार कटहरी गाउँपालिका–२ स्थित श्री हनुमान मन्दिर प्राङ्गण (नहर छेउ) मा दिउँसो ३ बजे कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रममा सम्पूर्ण सनातन धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।
महिला विभाग मोरङकी संयोजक कविता सहनीले माता सीताको आदर्श, त्याग र नारी शक्तिको सम्मानका लागि यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रम महत्वपूर्ण हुने बताइन्। “कन्या साक्षात् देवीको स्वरूप हुन्, उनीहरूको सम्मानमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ,” उनले भनिन्।
कार्यक्रममार्फत धर्म, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ।