काठमाडौँ । एमाले नेता महेश बस्नेतको ‘कोर एरिया’ गुण्डुमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजिव खत्रीले अत्याधिक मत पाएका छन् । हालसम्मको मतगणना परिणाम अनुसार खत्रीले सूर्यविनायक–७ बाट २ हजार मत पाएका हुन् ।
बस्नेतकै ‘कोर एरिया’बाट अत्याधिक मत पाएपछि राजिव खत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका छन् ।