तस्विर : नमो अनलाइन
काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ई. दीपक कुमार साह निर्वाचित भएका छन् ।
आइतबार साँझ सम्पन्न मतगणनामा रास्वपा उम्मेदवार साहले ४२ हजार ७७१ मत प्राप्त गर्दै जित निकालेका छन् ।
उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पूर्व अर्थमन्त्री कार्कीले १६ हजार ५८७ मतमा सीमित भए ।
यस्तै नेकपा एमालेका जगदीश प्रसाद कुशियतले आठ हजार ६३१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिस्ट पार्टीका महमद महफुज अन्सारीले तीन हजार ४३२ मत प्राप्त गरेर चौथो स्थानमा रहेका छन् ।
यस्तै श्रम संस्कृति पार्टीका विष्णु रानाले दुई हजार ७६३ मत प्राप्त गरे भने राप्रपाका प्रेमप्रसाद भट्टराईले ८२१ मत प्राप्तगरे ।