२३ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

मे महिनामा १ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए, के हुन् यसको पछाडिका कारण ?

Logo
विराटनगर न्यूज डेस्क प्रकाशित आइतबार, जेठ २३, २०८३

तस्विर : AI

विराटनगर । भारत विश्वकै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको बाह्य पर्यटन बजारमध्ये एकका रूपमा उदाइरहेका बेला हरेक वर्ष ३ करोडभन्दा बढी भारतीयहरू विदेश भ्रमणमा जाने गरेका छन्।

राजनीतिक तनाव, प्राकृतिक विपत्ति, हवाई दुर्घटना तथा महँगो हवाई भाडाजस्ता चुनौतीपूर्ण अवस्थापछि भारतीय पर्यटकहरू फेरि कीर्तिमानी संख्यामा नेपाल फर्किन थालेका छन्, जसले नेपालको पर्यटन उद्योगलाई ठूलो ऊर्जा दिएको छ।

मंगलबार प्रकाशित एक प्रतिवेदनअनुसार, नेपाल पर्यटन बोर्डले मे महिनामा हवाई मार्गबाट ४० हजार ७८२ भारतीय पर्यटक नेपाल आएको जनाएको छ। यो अहिलेसम्मकै उच्च मासिक तथ्यांक हो। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ३२.६६ प्रतिशतले बढी हो र यसले नेपालको सबैभन्दा ठूलो विदेशी पर्यटक स्रोत बजार भारतमा उल्लेखनीय सुधार आएको संकेत गरेको छ।

भारतबाट विदेश भ्रमण गर्नेहरूको संख्या निरन्तर बढिरहेको अवस्थामा नेपालको पर्यटन क्षेत्रले त्यसको प्रत्यक्ष लाभ लिन थालेको पर्यटन व्यवसायीहरूको विश्वास छ। उनीहरूका अनुसार, भारतीय बाह्य पर्यटन बजारमा नेपालको हिस्सा सामान्य रूपमा मात्र बढे पनि देशले ठूलो आर्थिक लाभ लिन सक्छ।

पर्यटन क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूले नीतिगत सुधार, यातायात पहुँचमा वृद्धि तथा भारतीय पर्यटकहरूको बदलिँदो भ्रमण रुचिलाई आगमन वृद्धिका प्रमुख कारणका रूपमा उल्लेख गरेका छन्।

द काठमाडौं पोस्टका अनुसार, नेपालले गत जनवरीदेखि उच्च मूल्यका भारतीय मुद्राको प्रयोगमा लगाइएको झण्डै एक दशक लामो प्रतिबन्ध हटाएपछि भारतीय पर्यटकका लागि नेपाल अझ सहज गन्तव्य बनेको हो। साथै, डिजिटल भुक्तानी प्रणाली र क्यूआर (त्तच्) कोडमार्फत हुने भुक्तानी देशभर व्यापक रूपमा स्वीकार गरिन थालेको छ।

पर्यटन अधिकारीहरूका अनुसार यी व्यवस्थाले नेपाललाई भारतीय पर्यटकका लागि सबैभन्दा सहज विदेशी गन्तव्यहरूमध्ये एक बनाएको छ।

भारतीय पर्यटकको आगमन बढ्नुको अर्को प्रमुख कारण नेपाल हुँदै हुने कैलाश मानसरोवर तीर्थयात्रा पुनः सञ्चालन हुनु पनि हो। भारत–चीन सम्बन्धमा सुधार आएपछि पाँच वर्षको अवरोधपछि गत वर्षदेखि यो यात्रा पुनः सुरु भएको थियो।

यस वर्ष चीनले नेपाल हुँदै कैलाश मानसरोवर जाने २४ हजार भारतीय तीर्थयात्रीको कोटा निर्धारण गरेको छ, जुन गत वर्षको २० हजारभन्दा बढी हो। तर, माग भने ४० हजार नाघिसकेको बताइएको छ।

टच कैलाश ट्राभल एन्ड ट्रेक्सका प्रबन्ध निर्देशक बसु अधिकारीले चिनियाँ पात्रोअनुसारको ‘घोडा वर्ष’ तिब्बती बौद्ध परम्परामा अत्यन्त शुभ मानिने भएकाले धेरै श्रद्धालुहरू यसै वर्ष तीर्थयात्रा गर्न इच्छुक रहेको बताएका छन्।

उनले भने, “हामीले चिनियाँ अधिकारीहरूसँग थप १५ हजार तीर्थयात्रीको कोटा बढाउन अनुरोध गरेका छौं र त्यसतर्फ सकारात्मक संकेत प्राप्त भएका छन्।”

तुलनात्मक रूपमा सस्तो हवाई भाडाले पनि भारतीय पर्यटकको संख्या बढाउन सहयोग पु¥याएको छ। पर्यटन व्यवसायीहरूका अनुसार हाल नयाँदिल्ली–काठमाडौं उडान करिब १५ हजार भारतीय रुपैयाँमै उपलब्ध भएकाले अन्य अन्तर्राष्ट्रिय गन्तव्यको तुलनामा नेपाल आकर्षक विकल्प बनेको छ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार नेपालको आकर्षण यसको सहजता र किफायतीपनमा निहित छ।

उनले भने, “भारतीय पर्यटकलाई नेपाल आउन भिसा आवश्यक पर्दैन, धेरै ठाउँमा भारतीय मुद्रा र क्यूआर भुक्तानी स्वीकार गरिन्छ, साथै उनीहरूले आफ्नै सवारीसाधन समेत ल्याउन सक्छन्। त्यसैले नेपाल उनीहरूका लागि झन् आकर्षक बनेको हो।”

यस सकारात्मक वातावरणलाई अझ मजबुत बनाउन नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय डिजिटल दर्शकलाई लक्षित गर्दै नयाँ अभियान सुरु गरेको छ। दूतावासले हालै भारतीय भ्लगर, युट्युबर, पोडकास्टर तथा कन्टेन्ट क्रिएटरहरूलाई काठमाडौं, पोखरा र चितवनलगायतका पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि अवलोकन भ्रमणमा आमन्त्रण गरेको छ।

error: Content is protected !!