१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

बैंकको म्यानेजर हुँ भन्दै लाखौं रकम ठगी गर्ने देवानगञ्जका मेहता भारतमा पक्राउ

Logo
नमो अनलाईन प्रकाशित बुधबार, आषाढ १०, २०८२

तस्विर : नमो अनलाइन

 

देवानगञ्ज । सामाजिक सञ्जालको दुरुपयोग गरि ठगी धन्दा चलाउने एकजनालाई सुनसरी प्रहरीले भारतको भिमनगरबाट पक्राउ गरेको छ। फेसबुक आइडीमा फेक नाम भिन्दा सुवन राखेर ठगी धन्दा चालाउने सुनसरीको देवानगन्ज गाउँपालिका-१ का कुशेश्वर मेहतालाई भारतबाट पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए।

मेहताले थाइल्याण्डको SIAm Commercial बैंकको म्यानेजर हुँ भनी एलेन अर्बी शाहीको नाममा यस बैंकमा खाता छ उसको अपुतालीको सम्पत्ति खाने आफन्त कोही नभएकोले तपाईंको जात मिल्ने भएकाले उक्त खातामा रहेको सम्पूर्ण रकम तपाईंको नाममा राखिदिन्छु भनी कुर्मराज शाहीलाई झुठ्ठा विश्वास दिलाइ रकम ठगी गरेको एसपी तिम्सिनाले बताए ।

उनले शाहीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाको कमान्डरमा खटिएको टोलीले मेहतालाई भारतको भिमनगरबाट पक्राउ गरेको बताए ।

मेहताले विभिन्न मितिमा शाहबाट ६२ लाख ७५ हजार २ सय रुपैयाँ रकम ठगि गरेको उजुरीकर्ता शाहीले बताएका छन्। उक्त रकम ठगी गरेपछि मेहता भारत गई लुकेर बसेका थिए । प्रहरीको साइबर ब्युरोले मेहतालाई पक्राउ गर्न सुनसरी प्रहरीलाई लिखित पत्र पठाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी परिचालन गरि मेहतालाई पक्राउ गरिएको हो ।

सामाजिक सञ्जालको दुरुपयोग गरि ठगी गर्ने मेहताविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ विपरीतको ठगी सम्बन्धी कसुरअन्तर्गत शाहीले नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीमा जाहेरी दिएका छन् । पक्राउ परेका मेहतालाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटी काठमाडौं पठाइएको डीएसपी खतिवडाले बताए । अन्नपूर्ण पोस्टबाट साभार ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  देवानगञ्ज । सामाजिक सञ्जालको दुरुपयोग गरि ठगी धन्दा चलाउने एकजनालाई सुनसरी प्रहरीले भारतको भिमनगरबाट पक्राउ गरेको छ। फेसबुक आइडीमा फेक नाम भिन्दा सुवन राखेर ठगी धन्दा चालाउने सुनसरीको देवानगन्ज गाउँपालिका-१ का कुशेश्वर मेहतालाई भारतबाट पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए। मेहताले थाइल्याण्डको SIAm Commercial बैंकको म्यानेजर हुँ भनी एलेन अर्बी शाहीको […]

उज्ज्वल शाक्य र उनकी दिदी पबिना शाक्यबीच १३ वर्षको उमेर अन्तर छ। सायद त्यही भएर उज्ज्वलको जिन्दगीमा पबिनाको स्थान आमाकै बराबर छ भन्दा फरक पर्दैन। सानोमा उज्ज्वललाई होमवर्क गराउनेदेखि लुगाफाटो तयार गरेर स्कुल पठाउनेसम्म र खुवाउने–पियाउनेदेखि अरू सारा हेरविचार पबिनाले नै गरिन्। पबिनाकै रेखदेखमा हुर्केकाले उज्ज्वलको सोच पनि दिदीको जस्तै छ। उनीहरू दुवै अर्काको जागिर खान होइन, आफ्नै व्यवसाय […]

काठमाडौं । उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ओभरपासले बल्ल पूर्णता पाएको छ। पटकपटक भाका सार्दै सम्पन्न भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्। ओेभरपास निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले […]