२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

तिनपैनीस्थित सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा प्रत्येक शनिबार निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

Logo
नमो अनलाईन प्रकाशित आइतबार, कार्तिक २३, २०८२

तस्विर : नमो अनलाइन

विराटनगर । सामुदायिक प्रहरी सेवा केन्द्र, तिनपैनी चोक, विराटनगर–२, मोरङको पहलमा प्रत्येक शनिबार बिहान ७:०० बजेदेखि ९:०० बजेसम्म नियमित रूपमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ।

स्वास्थ्य सेवाको पहुँच सबैसम्म पुर्‍याउने उद्देश्यका साथ सुरु गरिएको यस कार्यक्रम अन्तर्गत उच्च रक्तचाप, सुगर, पल्स रेट, अक्सिजन स्तर (Oximeter) तथा तौल मापन जस्ता आधारभूत स्वास्थ्य परीक्षणहरू निःशुल्क रूपमा गरिनेछ।

कार्यक्रम ATAL CLINIC & PATHLAB Pvt. Ltd., जलजला चौक, विराटनगर–७को प्राविधिक सहयोग र समाजसेवी पवन अटलको सौजन्यमा सञ्चालन गरिएको हो।

सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार तथा समाजसेवी चम्पालाल राठी र पवन अटलको विशेष सहयोगमा सञ्चालन गरिएको यो कार्यक्रम स्थानीय समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको जनाइएको छ।

कार्यक्रमको संयोजन सामुदायिक प्रहरी सेवा केन्द्रका कोषाध्यक्ष सन्तोष बाहेती (माइकल) ले गरेका थिए भने सह–संयोजन सह–सचिव हिरा बहादुर थापा मगर र कानुनी सल्लाहकार अधिवक्ता सुनिल कर्णले गरेका थिए।

कार्यक्रमको बारेमा जानकारी र स्वागत मन्तव्य केन्द्रका उपाध्यक्ष विद्यानन्द माझीले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (SP) कबित कटुवाल रहनुभएको थियो।

उहाँले स्वास्थ्य परीक्षण अभियानका प्रमुख सहयोगी समाजसेवी चम्पालाल राठी र पवन अटललाई सम्मान गर्नुभयो।

SP कटुवालले सामुदायिक प्रहरीको सहयोगमा आत्महत्या नियन्त्रण, लागुऔषध दुरुपयोग न्यूनीकरण र सामाजिक अपराध नियन्त्रणका विषयमा सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताउनुभयो।

स्वास्थ्य परीक्षण कार्यक्रममा पाँच जना प्राविधिकहरूले सेवा प्रदान गरेका थिए।

प्राविधिक टिम लिडर अनुप अटलले टोलीको नेतृत्व गर्नुभएको थियो।

कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्रकी पदेन सदस्य वरिष्ठ हवल्दार तारा अधिकारी र सहायक हवल्दार कल्पना कटेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन केन्द्रका सचिव भोजराज घिमिरेले गर्नुभएको थियो।

कार्यक्रममा विराटनगर महानगरपालिका–२ का वडा अध्यक्ष कुमार पोखरेल,

मोरङ जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक (DSP) कोपिला चुडाल,

मोरङ जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपाने,

समाजसेवी मनोज बिक्रम शाह,

मोरङ उद्योग संगठनका अध्यक्ष तथा सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार नन्दकिशोर राठी, ररुनदल दल का मोरङ इन्चार्ज पंकज बर्मा , अधिबक्ता पुनम गुप्ता ,सचिब सुमित निरौला ,

सामुदायिक प्रहरी सेवा केन्द्रका कार्यकारी सदस्यहरू पद्मा पौडेल, विजय शर्मा, र सुशील मुद्रा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मिना जोशीले गर्नुभएको थियो।

उहाँले सामुदायिक प्रहरी र स्थानीय निकायबीचको सहकार्यले समाजमा सकारात्मक सन्देश र विश्वासको वातावरण निर्माण हुने बताउनुभयो।

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा सुरु गरिएको यो निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमले स्थानीय बासिन्दालाई स्वास्थ्य सचेत बनाउने, प्रारम्भिक स्वास्थ्य समस्या पत्ता लगाउने र समुदायमा “स्वस्थ समाज, सुरक्षित समाज” निर्माण गर्ने अभियानलाई बल पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।